मैले सनातन हिन्दू पद्दतिका संस्कार कर्मकाण्ड दर्शन बिज्ञान र चालचलनका बारेमा आधुनिक समाजलाई बुझ्न सक्ने गरी यस पछाडिका तर्क र मान्यता सिद्धान्त र मानवीय हितबारे लेख्नुको उद्देश्य गैरहिन्दुलाई हिन्दूपद्दति मान भनेर हैन । बहकिएका हिन्दुहरूले आफ्नो पहिचान ईतिहास दर्शन विज्ञान चालचलनका बारेमा यस पछाडिका गौरवमय महान तार्किकता र बैज्ञानिकता बारे बुझेर आफू महान पूर्वज पुस्ताका योग्य महान सन्तति वन्न किंचितमात्र मद्दत गर्ला कि भनेर हो ।
हिन्दू समाज यो दुनियॉका अन्य सबै धर्मावलम्बी भन्दा आफूबाटै विमुख भएका, आफै चिन्तनमनन अध्ययन सत्संग नगर्ने र संस्कृत भाषा ज्ञानमा रूचि नराख्ने र अरूले भनेको पनि नसुन्ने कुसंस्कारबाट ग्रसित भएर आत्मपहिचान र आत्मसम्मान गुम्न नपाओस भनेरै हो । महान संस्कृत भाषाका महान संस्कृति र संस्कार बारे सबैमा जागरण आओस् भनेर हो ।
जस्को ईतिहास हुदैन त्यो पराधीन हुन्छ । हिन्दू समाजको गौरवपूर्ण ईतिहास छ, यो पराधीन हुन सक्दैन र जस्तै प्रतिकूल बाह्य विधर्मीको विगतका अनेकौं आक्रमणबाट सदा आफूलाई सुरक्षित र अक्षुण्ण राख्दै आएको छ । कहिलेकॉही तरंग आएका हुन आईरहेका छन् र आउने छन् तर समुद्र र आकाश जस्तो अटल हिन्दूपद्दति झन् झन् प्रिय वन्दैछ र हिन्दू त्याग गरेकाहरू घरवापसी पनि गरिरहेका छन् । ईसाईहरू ईस्कोन जस्ता अनेकन संस्थामार्फत हिन्दू पद्दति अगाल्दै पनि गैरहेका छन् । नेपाल विश्वभरिका हिन्दूको पावन केन्द्र-मुलुक वन्दै जाने दिशामा हिड्दै छ र हिडाउनै पर्छ । यसले आध्यात्मिक सांस्कतिक र आर्थिक समुन्नतिमा तला थप्दै जानेछ ।
लेखक नेपाल सरकारका पूर्वसचिव हुन्