स्याङ्जाली सम्पर्क सदनको रजत जयन्तीमा विद्यार्थीलाई सहयोग

स्याङ्जाली सम्पर्क सदन पोखराको रजत जयन्ती वर्षको उपलक्ष्यमा विद्यार्थीलाई सहयोग गरिएको छ । कालिगण्डकी गाउँपालिकाको जनता आधारभूत विद्यालय विर्घा र शिव आधारभूत विद्यालय, चण्डीभञ्ज्याङमा विद्यालय पोशाक र स्टेसनरी वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख सावित्रा कोइरालाले जनमुखी तथा नमुना गाउँपालिका बनाउनका लागि, विकास निर्माण तथा जनचेतना अभियान थालिएको स्पष्ट गरिन् । प्रहरी नायब महानिरीक्षक बावुराम पाण्डेले आफू हुर्केको पढेको ठाउँमा कार्यक्रमको विशेष अतिथि भएर १ सय ६ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई स्कुलको पोषाक, स्टेशनरी वितरण गरिएकोमा आफू ज्यादै हर्षित भएको बताए ।

कालिगण्डकी गाउँपालिका वडा नं. १ चण्डिभञ्ज्याङ खोर्दीमा रहेको शिव आधारभूत विद्यालयमा अध्ययनरत ३० जना तथा वडा नं. ४ विद्र्याको कट्टीमा रहको जनता आधारभूत विद्यालय विर्घामा अध्ययनरत ७६ जना विद्यार्थीलाई स्टेशनरी तथा विद्यालयको पोशाक वितरण गरिएको होे ।

सदनका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष चक्रपाणि पाण्डे, जनता आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद पाण्डे, प्रधानाध्यापक नारायणप्रसाद पाण्डे, वडा नं. १ का वडाअध्यक्ष शोभिलाल चौतारे, गाउँपालिका वोर्ड सदस्य तुलसा पारियार, टीका विक, शोभाखर दर्जी, वडा नं. १ का वडा सदस्य सरस्वती पाण्डे, हुमकान्त पाण्डे, होमनाथ पाण्डे, तुलसा नेपाली ज्येष्ठ नागरिक नगेन्द्रराज पाण्डे, शिव आधारभूत स्कुलका प्रधानाध्यापक सुमित्रा खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वाला पाण्डे, शिवालय आमा समूहका अध्यक्ष उमाकला पाण्डे, वडा नं. १ का वडा सचिव केशवराज कोइराला, पिउघा आधारभूत स्कुलका प्रधानाधयापक लक्ष्मण पाण्डे, जनहित माविका प्रधानाध्यापक पशुपति पाण्डे, मातृभूमि आमा समूहकी अध्यक्ष यमकला पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाका महासचिव धर्मराज अर्यालले सञ्चालन, स्वागत उपाध्यक्ष लालीमाया रेग्मी, कार्यक्रममाथि प्रकाश कार्यक्रम संयोजक दिनदयाल पाण्डे तथा धन्यवाद ज्ञापन टोलप्रसाद अर्यालले गरेका थिए ।