प्रेस युनियन कास्कीमा सल्लाहकार चयन

नेपाल प्रेस युनियन कास्कीले सदस्य सल्लाहकार चयन गरेको छ । युनियका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा शनिवार बसेको बैंठकले सल्लाहाकार चयन गरेको हो ।

सल्लाहकारमा रवीन्द्र बाँस्तोला, रमेश पौडेल, गंगाधर पराजुली, हेमराज बराल, शिरोमणि बराल, राजबहादुर गुरुङ, डा. बलराम उपाध्याय रेग्मी र तारा गौतम पाखेलाई चयन गरेको हो ।

बैठकले नयाँ वर्ष २०७६ का लागि भित्तेपात्रो प्रकाशन गर्ने निर्णय युनियनले गरेको छ । भित्तेपात्रो प्रकाशनका लागि संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाको संयोजकत्वमा समिति बनाइएको छ । समिति सदस्यमा कोषाध्यक्ष विजय लम्साल, सदस्य हरि पन्त, मधु अधिकारी र सपना अधिकारी छन् ।

बैंठकले युनियनका पदाधिकारी र सदस्यलाई संस्थाप्रति उत्तरदायी बनाउन मासिक १ सय रुपैयाँ शुल्क संकलन गर्ने निर्णयसमेत गरेको सचिव प्रदीप पौडेलले जानकारी दिए ।

बैठकमा सहसचिव ज्योती हमालले सुपर मम अवार्ड प्राप्त गर्न सफल भएको र सदस्य सन्तोष बस्याल गण्डकी प्रदेशस्तरीय गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गरिएको थियो ।