विद्रोही नेकपाका कास्की जनसरकार प्रमुख पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जनसरकार प्रमुखलाई पक्रेको छ । रामकाजी गुरुङलाई प्रहरीले पोखरा २५ याम्दीबाट शुक्रबार दिउँसो गिरफ्तार गरेको हो ।

उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कास्की प्रहरीले चैत १२ गते तमुवान जनपरिषद् किसानसिंह गुरुङलाई पक्रेको थियो ।