स्याङ्जाली सम्पर्क सदन पोखराले स्याङजाको कालीगण्डकी गाउँपालिकाका २ आधारभूत विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेकोछ ।
जनता आधारभूत विद्यालय विर्घा र शिव आधारभूत विद्यालय चण्डीभञ्ज्याङमा गरी १ सय ६ थान पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।
सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीको अगुवाईमा पोखरावाट गएको टोलीले त्यहाँ पुगेर सामग्री वितरण गरेका हो ।
उक्त अवसरमा सदनका अध्यक्ष पँगेनीले जिल्लाका विकट गाउँका वालवालिकाको शिक्षाको क्षेत्रमा सहयोग पुगोस् भन्ने हेतुले सदनले शैक्षिक सामग्री र पोशाक वितरण गरेको वताए ।
उनले आगामी दिनमा स्याङ्जाका अन्य विद्यालयहरुमा पनि त्यसैगरी पोशाक वितरण गरिने जानकारी दिए ।
सो अवसरमा गाउँ पालिका उपाध्यक्ष सावित्री कोईराला, मुक्तिनाथ वाहिनीका वाहिनीपति बाबुराम पाण्डे, सदनका सदस्य एवं कार्यक्रम संयोजक दीनदयाल पाण्डे, धर्मराज अर्याल, टोलप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष लालीमाया रेग्मीले आ आफ्ना भनाई राखेका थिए ।




