ताजा समाचार

चैत्र १४ गते २०७५

मोदीको फिल्मलाइ सुरूमै संकट (यस्ताे छ ट्रेलर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर रिलिज भएपछि यसले ठुलै हलचल ल्यायो । फिल्मको ट्रेलर पुरै पाकिस्तानबिरोधी थियो तथापी भारतमा मोदीको बायोपिकको खुबै खिल्ली उडाईयो । अधिकांशले फिल्मको ट्रेलर रुचाएनन् बरु ट्रेलर मा भएका संवादहरु खिल्ली उडाईयो , ट्रोल बने , मिम्स बने जुन निर्माण टिमले सोचे भन्दा भिन्न थियो ।

यता फिल्मको ट्रेलर रिलिज भएपछि बिपक्षी दलहरुले फिल्मप्रति आपत्ति जनाएका छन् । भारतमा अप्रिलबाट आम निर्वाचन हुँदैछ यस्तो मोदीको बायोपिक अप्रिल ५ बाट रिलिज हुँदैछ । चुनावको संघारमा फिल्म रिलिज गर्ने तयारी हुदा सबैले यसलाई मोदीको चुनावी अभियानको रुपमा पनि हेरे त्यसैले बिपक्षी दलहरुले फिल्म चुनावभन्दा अगाडी रिलिज गर्न नदिने भएका छन् ।

बिपक्षी दलमध्ये रिपब्लिकन पार्टी अफ इण्डियाले चुनाव भन्दा फिल्म रिलिज रोक्न उजुरी नै दर्ता गरेको छ जसको फैसला २९ मार्चमा हुदैछ । चुनावको आचरसंहिता अनुसार पनि चुनावको संघारमा कुनै राजनेताको बायोपिक रिलिज गर्न मिल्दैन । किनकी यसले मतदाताको मन र मस्तिष्क भाड्न सक्छ । उता चुनाव आचारसंहिता उल्लघंन भएको भन्दै पूर्वी दिल्ली उपायुक्तले पनि बायोपिक बनाउने निर्माण टिमलाई नोटिस पठाएका छन् ।

फिल्मको ट्रेलर हेर्दा मोदीले चुनावलाई नै लक्ष्ति गर्दे फिल्म बनाएका हुन भन्नेमा दुई मत छैन । यस्तोमा यो फिल्म चुनाव अघि नै रिलिज होला नहोला भन्नेबारेमा यसै भन्न सकिने अवस्था छैन । फिल्ममा विवेक ओवराय मोदीको भुमिकामा देखिएका छन् । फिल्ममा मोदीको राजनिती यात्रादेखि आतंककवादबिरुद्धको लडाई देखिाईएको छ । सामान्य चिया बेच्ने मानिस कसरी प्रधानमन्त्रीसम्म बने यसको यात्रा फिल्मले देखाएको छ । फिल्मलाई मेरीकोम,शरवजीत जस्ता फिल्म निर्देशन गरेका उमंग कुमारले निर्देशन गरेका छन् ।