लायन्स क्लब अफ पोखरा सेन्ट्रल गोर्डेनको आयोजनामा पोखरा–१४, बाच्छेबुडुवास्थित वात्स्यायन वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।
क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उक्त अवसरमा उनकी धर्मपत्नी रीता शाक्य भाट र छोरी समृद्धि भाटले वृद्धाश्रम रहेका १८ जना वृद्धवृद्धालाई जुस वितरण गरेका थिए ।
सो अवसरमा क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा संयोजक गौतम रानाभाट, मेम्बरसीप डाइरेक्टर सुब्बा घिमिरे लगायतले क्लबको बारेमा बोलेका थिए ।




