चिठ्ठाकोे रकमले एम्बुलेन्स !

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त १ किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् ।

समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत १ किलो सुन प्राप्त भएको छ ।

उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ ।

समितिमार्फत् देशको विभिन्न स्थानमा १ हजार ३ सय ७८ बसले यातायात सेवा दिँदै आएका छन् ।

समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ ।

उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ ।

समितिमार्फत् देशको विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन् ।