राष्ट्र बैंकले तोक्यो बैकहरुका लागि २०७६ सालको बिदा

nrb

२०७६ सालमा बैक तथा वित्तीय संस्थाहरु शनिबार बाहेक २७ दिन मात्र बिदामा रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको सूचना जारी गर्दै ०७६ सालभरी चाडपर्व विदा २७ दिन हुने जनाएको छ । राष्ट्र बैंकले तोकेका केही विदाहरु क्षेत्रगत आधारमा तोकिएका कारण सबै स्थानमा लागू नहुने प्रष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको सुचना जारी गर्दै चाडपर्व विदा २७ दिन हुने जनाएको छ । शनिवार तथा अन्य आकस्मिक विदा बाहेक चाडपर्वमा २७ दिन विदा हुने भएको छ ।

राष्ट्र बैंकका अनुसार शनिबार सहित ०७६ सालमा बैंक तथा वित्तीय संस्थाहरु ८० दिन बन्द रहने रहनेछन्। बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बडा दशैंमा ५ दिन र तिहारमा २ दिन विदा पाउने भएका छन् । अन्य चाडपर्वमा २१ दिन विदा पाउने छन् ।

साथै राष्ट्र बैंकले तोकेका केही विदाहरु क्षेत्रगत आधारमा तोकिएका कारण सबै स्थानमा लागू नहुने जनाइएको छ । त्यसै गरि समुदाय अनुसार उनीहरुको महत्वका दिनलाई आधार मानेर केही विदा समुदायमा आधारित बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोके अनुसार बैंकहरुको कार्यालय समय बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म हुनेछ । उक्त अवधिमा ४ बजेसम्म कारोबार समय तोकिएको छ ।

कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि अपरान्ह ४ बजेसम्मको कार्यालय समय तोकिएको छ भने ३ बजेसम्म कारोबार समय निर्धारण गरिएको छ । शुक्रबारको हकमा १० बजेदेखि मध्यान्ह १ः३० सम्म कार्यालय समय तथा १२ः३० सम्म कारोबार समय निर्धारण गरिएको छ ।