जापानमा विदेशी कामदारका लागि सुविधासंगै एकपछि अर्को ऐन (भिडियोसहित)

नेपाली कामदारलाई जापानी नागरिक सरहको सुविधा, कामदारको हितमा एकपछि अर्को ऐन बन्दै लामो समयको गृहकार्यपछि जापानमा नेपाली कामदार पठाउने समझदारीमा हस्ताक्षर भएको छ । 

आफ्नो मुलुकमा कामदार अभाव भएपछि जापानले विदेशी कामदार आपूर्ति गर्न नयाँ ऐन बनाएपछि यो सम्झौता भएको हो ।लाखौं विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको जापानले कामदारहरुको सेवा र हितका लागि अनेक कानुनहरु पनि तयार गरिरहेको छ । 

रोजगारदाता र कामदारले पालना गर्नुपर्ने त्यस्ता नियमले जापानमा अवैध बसोबास गर्नेहरुलाई कडाई गर्नेछ ।जापानमा आप्रवासी कामदारका लागि बन्दै गरेका र बनेका नियमहरुको जानकारीसहितको यो भिडियो ।