काभ्रे मिलन समाजमा रमेश घिमिरे

काभ्रे–पोखरा मिलन समाजको अध्यक्षमा रमेश घिमिरे चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभा तथा, १० औं अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

समाजको प्रथम उपाध्यक्षमा केदारनाथ श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रेम लामा तामाङ, तृतीय उपाध्यक्षमा सुनबहादुर लामा, महासचिवमा शान्ती श्रेष्ठ, सचिवमा शान्ती लामा, कोषाध्यक्षमा रामकुमार लामिछाने छन् ।

यसैगरी कार्यसमिति सदस्यमा शिवराम श्रेष्ठ, सरिता दाहाल हुमागाई, दिपक गिरी, भिम लामा, अनुस्का न्यौपाने छन्।

कार्यक्रममा कालीप्रसाद मैनालीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र महासचिव सुनबहादुर लामाले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन पारित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीि डा. राजेन्द्र गौतम, अन्तरसमाज महासंघका अध्यक्ष मन्जु भट्टराई, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार अजुर्न वन्जरा, रुप लामा, कुमार लामा, दुर्गा प्रसाद हुमागाई, निवर्तमान अध्यक्ष सुदर्शन प्रधान, नवनिर्वाचित अध्यक्ष रमेश घिमिर लगायतले बोलेका थिए ।