पोखराबाट सेवा शुभारम्भ गरेको कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बारा जिल्लाको निजगढ नगरपालिका–७ स्थित निजगढमा आफ्नो ७४औँ शाखा कार्यालय स्थापना गरेको छ ।
सोमबार १ समारोहबीच शाखा कार्यालय उद्घाटन गरी कारोबारसमेत शुभारम्भ गरिएको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखा पनि सञ्चालनमा आउने बताए ।

व्यापार विस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै सप्ताहन्तरमा मात्र ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखा शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको बताए।
काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागमा ७३ वटा शाखा तथा २९ वटा एटीएम मार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएस, ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना छ ।




