गाईबारे दुई शब्द- जुन मुलुकमा हिन्दू आस्थाको जनसंख्या ८० प्रतिशत भन्दा बढी छ । जहॉ गाईलाई माता मानिन्छ, जहॉ गाईपुजा गरिन्छ, जहॉ गाईलाई लक्ष्मी मानिन्छ, त्यहॉ गाईप्रति विवाद गरिन्छ ।
कानुनले वर्जित गरेको कुरा गरिन्छ भने त्यहॉ के कहिले शान्ति होला र ? अन्य आस्थाहरू प्रति सदा सहिष्णु/सम्मान गर्ने हिन्दूधर्म कहिले अरू धर्मका विरूद्ध हस्तक्षेप गरेन/गर्दैन । त्यसका विरूद्ध हिन्दू देवभूमि नेपालका अझ सरल र सहिष्णु जनतालाई गाईबारे विवाद झिकेर सुतेको बाघलाई जगाउने चेष्टा नगर्नु नै मुलुक र जनताको हीतमा हुन्छ ।
स्वतन्त्रता भन्दैमा सामाजिक घृणा जन्माउन छुट कसैलाई हुदैन । राज्यले कानुन वनाउछ र लागू गर्दैन अनि जनता कानुन लागु गराउन सडकमा आएर कानुन हातमा लिदा के हुन्छ? सद्भाव, शान्ति विना समाज समाज रहन्न, नर्क बन्छ ।
समाजमा संगै बस्नुपर्नेले अरूको सेन्टिमेन्ट र आस्थामा जिस्कदै जिस्काउदै खेलवाड गरेर कसैको भलाई हुदैन । मासु मासु हो भन्नेहरूले के मान्छेको मासु पनि खान सक्छन् वा पाउछन् ? किन मान्छेको मासु नखाएका ? कुकुर मासु बाघ स्याल हात्तिको मासु खान सक्छन् ? त्यसमाथि आजकल मासु स्वास्थ्यको लागि हानिकारक छ, त्यसमा गाईको मासुले मान्छे मगज नै विगारेर नानाथरिका असाध्य रोग क्यान्सर, अल्जाईमर, पार्किन्सन्स, डिप्रेशन, अटिज्म र थुप्रै अवर्णनीय रोग लागेर मान्छे वर्वाद हुने गरेको छ भनिन्छ र गाईको मासु खाने समुदाय र समाजका मान्छेहरूको मानसिक स्वास्थ्य पनि त्यस्तै चरित्रको हुने गर्छ भन्ने मान्यता हजारौं वर्षदेखि रहँदै आएको छ।
जो जे खान्छन् तिनको मगज र मति कालान्तरमा त्यस्तै हुनपुग्छ र समाजमा ती झन् पिछडिन पुग्छन्, हेपिन पुग्छन् । गाईबारे विवाद गरेर बहुजन हिन्दू समुदायको सेन्टिमेन्टमा खेलवाड नगरौं, जीवनलाई नर्कको बाटोमा हिड्ने तर्क र मुर्खता नगरौं । जसलाई गाईको मासु नखाई प्राण नै धानिन्न र सॉसै अड्किन्छ, ती गाईको मासु खाने मुलुकमा गएर बस्न स्वतन्त्र छन् ।
यस नेपाल भूमिमा त्यस्तो दुश्चेष्टा नगर्नु श्रेयष्कर छ। गाईको मासु किन खान हुदैन ? यसका कैयन वैज्ञानिक र परम्परागत तथ्य छन्, प्रमाणित छन् । यसलाई बुझाउन भैंसीको अगाडि बैन वजाएर हैन अरू तरिकाले बाजा बजाउने दिन नआओस् । एक हातले ताली बज्दैन । हिन्दू धर्मावलम्बी सदा सहिष्णु उदार समुदाय हुन् ।
तिनलाई तिनको सेन्टिमेन्टमा यसरी घोचेर कट्टर बनाउन नखोजौं। यो खबरदारी मात्र हो, ऑधिबेहरी आउनु अघि नचेत्नेले यो दुनियॉमा, यो जुनिमा चैन पाउने छैनन् । सुतेको बाघलाई जगाउनु हुदैन , भोकलागे पछि उ आफै उठेर शिकार खोज्न हिड्छ ।





