संसदमा प्रधानमन्त्रीले यसरी सम्झिए रवीन्द्र अधिकारीलाई

 विमान दुर्घटनामा ज्यान गुमाएका स्व. संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री रविन्द्र अधिकारीको सम्झना विस्तारै ‘घुमिल’ बन्दै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई आज फेरि सम्झिएका छन् ।

आइतबारको संसदको अन्तिम हिउँदै अधिवेशनको वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले स्व. रविन्द्र अधिकारी सम्झिंदै श्रद्धासुमन व्यक्त गरेका छन् ।

आइतबार संसदको तेश्रो अधिवेशन समाप्तिको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विभिन्न समयमा दिगंवत भएका जनप्रतिनिधिलाई स्मरण गर्दैै सम्मान ब्यक्त गरेका छन् । उनले भने–‘जसले नेपाललाई अन्धकार युगबाट तानाशाही युगबाट संघीय गणतन्त्रको युगमा ल्याए । शान्ति र सुशासनको बाटोमा अघि बढाएकोमा आदर र सम्मान व्यक्त गर्दछु ।’

उनले सफलताको एक वर्ष, सफलताको ३ वर्ष पूरा गरेको बताएका छन् । यो बर्ष निकै कठिनाईहरु रहेको, संघीय संविधान बनाए पनि त्यसको कार्यान्वयनको अनुभव अभाव, संघीय संरचानको काम कर्तब्यको अभ्यास, कानुन निर्माण जस्ता विषयबस्तुको समाधान गरेको बताएका छन् ।