पातञ्जल योग समितिको रक्तदान, ६२ युनिट रगत संकलन

पातञ्जल योग समिति गण्डकी प्रदेश र कास्की जिल्ला समितिले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गर्यो । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले मानव जीवनमा योगको महत्व अत्यन्तै रहेको बताइन् । योगले मानवको जीवन रक्षा गर्ने भएकाले अझै प्रचारप्रसार हुनुपर्नेमा जोड दिंदै उनले योगले नै मानवलाई स्वस्थ राख्न ठूलो मद्धत पुग्ने स्पष्ट पारिन् ।
केही महिना अघिमात्र विस्तार भएको पातञ्जल योग समितिले रक्तदान जस्तो पवित्र कार्यक्रम गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेके उनले स्पष्ट पारिन् ।

समितिका केन्द्रीय सदस्य प्रदीपकुमार श्रेष्ठले संस्था र योगको महत्वबारे जानकारी गराउँदै रक्तदान जत्तिको धर्म अन्य केही नहुने बताए ।

समितिका गण्डकी प्रदेश महासचिव रश्मी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गण्डकी अध्यक्ष लक्ष्मी प्रसाद कोइराला र सञ्चालन कास्की समितिका महासचिव कमला गुरुङले गरेकी थिइन् । उक्त अवसरमा रमा श्रेष्ठले भजन प्रस्तुत गरेकी थिइन् ।