उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका बिभिन्न वडाहरुमा पशु माहामारी देखिएको छ ।यसवर्ष लगातार परेको हिमापात र अत्यधिक चिसोको सामना गरेका उक्त स्थानका पशुचौपायामा रोगको संक्रमण देखिएको हो ।
सीमावर्ती लोमान्थाङ गाउँपालिकाको खर्कमा लामो समयसम्म भारी हिमपात पर्दा चरनक्षेत्रका सयौं चौरीयाक तथा भेडाबाख्राबीचमै थुनिएका थिए भने सयौको संख्यामा चौपाया मरेका थिए ।मौसम सुधार संगै सुरक्षित बासस्थानमा ल्याईएका चौपायाहरुमा पनि अहिले फेरी रोगको माहामारी देखा परेको हो ।
रोग लागेर दिनुह चौपाया मर्न थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन्् ।अत्यधिक हिउँ र चिसो खेपेका अनि लामो समयसम्म खर्कमा घाँस तथा पानी खानबाट बञ्चित भएका ति चौपायामा चिसोका कारण देखिने बिभिन्न संंक्रमण देखा परेको हो ।
ईलाका प्रशासन कार्यालय लोमान्थाङका कार्यालय सहयोगी आङ््गेल गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाको वडा नं. ३ को फुवा र ठिङ््गर,वडा नं. ४ को चुम्जुङ र किम्लिङ र वडा नं. ५ को लोमान्थाङमा पशु संक्रमणका कारण दिनहु पशुचौपाया मर्न थालेका हुन्् ।
सीमित खेतिपाती हुने उपल्लो मुस्ताङमा पशुपालन व्यवसाय स्थानीयको जिविकोपार्जनका माध्यम बनेको थियो ।लाखौ रुपैया लगानी गरेर पुशपालन धानेका त्यहाँका पशुपालक किसानको चौपायामा रोगले मर्न थालेपछि पशुपालन व्यवसायनै संकटमा पर्ने देखिएको हो ।
‘ ‘पहिले हिमपात र चिसोका कारण चौपाया मरे,फेरी अहिलै चौपायाहरु रोग लागेर मर्न थाले ,’लोमान्थाङ १ सेखाङका निमा गुरुङले भने,‘पशु सुस्त हुने,टोलाउने र खाना खान नमान्ने झोक्र््याउने लक्षण देखा प¥यो,सबैका गोठमा क्रमशः २० देखि २५ चौपाया मरे र मर्न क्रम जारी छ ।’
यस्तै लोमान्थाङ ५ मा भने फरक पशु रोग देखा परेको जनाईएको छ ।त्यहाँ पशुचौपायाको दाँत झर्ने,गिजा निकाल्ने लक्षण देखा परेको हो ।
उपल्लो मुस्ताङमा पशुचौपायामा पशु रोगको संक्रमण देखा परेपछि मुस्ताङका जनप्रतिनिधिले पश्् उद्दारका लागि पहल गरेका छन्् ।प्रतिनिधि सभाका सांसद प्रेमप्रसाद तुलाचनको पहलमा एक पशु मेडिकल टोली उपल्लो मुस्ताङ प््गेको छ ।थासाङको धौलागिरी प्राविधिक शिक्षालयमा कार्यरत पशु चिकित्सक फडिन्द्र चौधरीको सहितको मेडिकल टोली त्यहाँ पुगेको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
प्राविधिक शिक्षालय तथा घरपझोङ गाउँपालिकामा संञ्चित पशु औषधि समेत उपल्लो मुस्ताङ पुगेका मेडिकल टोलीले पशु स्वास्थ्य परिक्षण गराईरहेको सांसद तुलाचनले बताए ।शनिवार करिव २ लाखको पशु औषधि सहित जनप्रतिनिधि तथा प्रशासनको टोली बस्तुगत अवस्था बुझ््न त्यसतर्फ जाने उनले जनाए ।
संक्रमित पुश चौपायाको प्रारम्भिक परिक्षण पञ्चात रोगको पोखरामा ल्याब परिक्षण गराई थप उपचार गराईने प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।
मुस्ताङमा यसवर्षका हिमपात र अत्यधिक चिसोका कारण १४ सय १४ पशुचौपाया मरेका थिए ।यसबाट पशुपालक किसानले करिव साढे ४ करोड बराबरको क्षति व्यहोर्न पुगेका थिए ।






