छोरेपाटनका सहायक प्रधानाध्यापक बद्रिनाथको बिदाइ

छोरेपाटन मावि पोखरा १७ का सहायक प्रधानाध्यापक बद्रीनाथ पहारीलाई बिहीबार स्कुलले बिदाइ गरेको छ । शिक्षण पेशामा ४० वर्षदेखि क्रियाशील पहारीले अनिवार्य अवकाश पाएका हुन् । इमान्दार, कर्मठ र कर्तव्यनिष्ठ शिक्षकका रुपमा परिचित पहारीले २०३५ सालमा रामकोट माविबाट सेवा सुरु गरेका थिए । २०३९ सालमा छोरेपाटन सरुवा भइआएका उनले विद्यालय व्यवस्थापन समितिको सदस्यका रुपमा पनि योगदान गरेका छन् ।

बिदाइ कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, वडा सदस्य तथा विव्यस सदस्य राधिका योगी शाही, प्रधानाध्यापक लक्ष्मण थापा, पूर्व विव्यस अध्यक्ष श्रीराम सुवेदी, पूर्व सदस्य देवराज आचार्य, रीतादेवी सुवेदी, शिक्षकहरु खेमराज बराल, लक्ष्मी देवकोटा, विजया सुवेदी, पूर्व शिक्षिका तारा काफ्ले, विद्यार्थीहरु सूचना रिजाल र अन्जना सुवेदीले पहारीको व्यक्तित्वका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

सहायक प्रधानाध्यापक डिल्लीराम शर्माले स्वागत गरेको कार्यक्रमको अध्यक्षता विद्यालय अध्यक्ष झपिन्द्रराज रेग्मी र सञ्चालन मेघनाथ पौडेलले गरेका थिए ।