डा शेरबहादुरले छाडे विप्लवको साथ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा स्याङ्जाका एक नेता डाक्टर शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् । भीरकोट नगरपालिका १ का थापाले भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दीपेन्द्र केसीसहितको रोहबरमा प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएका हुन् ।

हालै सरकारले विप्लवको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाए पछि पार्टी छाड्नेहरु बढेका छन् । २०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थापा तत्कालीन एमालेसँग, एमाओवादी वैद्य माओवादी हुँदै विप्लव समूहमा पुगेका हुन् । उनी स्याङ्जाका पुराना र इमान्दार कम्युनिस्ट नेताका रुपमा चिनिन्छन् ।