मुस्ताङको जोमसोममा बालवालिकाले मनाए होली

मुस्ताङको जोमसोममा बालवालिकाले होली पर्व उत्साहका साथ मनाएका छन् ।सरकारले विद्यालयहरुलाई होली पर्वको सार्वजनिक बिदा दिएपछि बालवालिका होली पर्वमा जुटेका हुन् ।


केही वर्षअघि फागुपूर्णिमा ( हाली ) पर्वको दिन कुनै चहलपहल नहुने मुस्ताङको जोमसोममा यसवष भने होली पर्वको रौनक देखिएको हो ।बिद्यालयका वालवालिका देखि यूवायूवती बिहानै देखि होलीको रङ खेल्न तछाड मछाड गरेको देखिन्थे ।


जोमसोममा धौलागिरी बोडिङ र जनहित माविका बिद्यार्थीको होली बिशेष आर्कषण देखिन्थ्यो ।असत्य माथि सत्यको बिजयको प्रतिकको रुपमा मनाईने पर्व होलीले मुस्ताङमा कार्यरत निजामती कर्मचारी,व्यवसायी,उद्योगी,पर्यटक,पत्रकार लगायतले आपसमा सहकार्य गर्दै होली पर्व मनाईरहेका छन् ।


फागुपूर्णिमा अर्थात होली पर्वको फरक फरक किवंदन्ती भएपनि होली पर्वले नेपाली मन र समिप्यता जोड्न सहयोग पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंंगाबहादुर क्षत्रीले बताए ।

बुधबार सुभ कामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले पर्वलाई हर्षउल्लासका साथ मनाउन उनले अनुरोध गरे ।तर,पर्वका नाममा कसैले अराजक गतिबिधि सृजना गर्ने व्यक्तिलाई कारवाही गरिने उनको भनाई थियो ।


पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले होली पर्वको सुभकामना दिदै होली पर्व मौलिक संस्कृतिक पर्व भएको बताए ।उनले होली पर्वमा बिशुद्ध रमाईलो गर्ने,रङ खेल्ने र आत्मियता साटासाट गर्ने माध्यम बनेको खुलाए ।