काम रोकिएको डेढ वर्ष वित्यो । दुई वर्ष अघि शुरु गरिएको बहुृद्देश्यीय कभर्ड हल अहिले बजेट नहुदाँ अलपत्र छ । बजेट राष्ट्रिय खेलकुद परिषदले पठाएको छैन् । परिषदले नै पठाएको बजेटले काम शुरु गरिएको लेखनाथ भण्डारीकको बहुद्देश्यीय कभर्ड अहिले अलपत्र अवस्थामा जिङरिङ्ग परेको छ ।
‘कभर्ड हल पुरा गर्न विभिन्न निकायलाई गुहा्रयौं । कसैले पनि बजेट दिनेगरी सुनुवाई भएन् ।’ लेखनाथस्थित आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले भने–‘परिषद मार्फत खेलकुद मन्त्रीलाई समेत जानकारी गरायौं । तर अझै सुनुवाई भएको छैन् ।’ लेखनाथ क्षेत्रकै एक मात्र बहुउद्देश्यीय कभर्ड हललाई बजेटको लागि महानगरपालिका, गण्डकी प्रदेश सरकारसँग समेत आवश्यक डकुमेन्ट्सन गरेर पठाईएको उनले बताए ।
सरकारले एक स्थानी तह एक खेल मैदानको नीति लिएको छ । तर खेलकुद मन्त्रालयले डेढवर्षसम्म पैसा नपठाउँदा बनाइएको जगको फाउण्डेशन समेत खियाले बिग्रिने अवस्थामा पुगेको छ । राष्ट्रिय खेलकुद परिषदले हल निर्माणको लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट दिएको थियो
सांसदले उपलब्ध गराउने स्थानीय विकास कार्यक्रम अन्तर्गतको बजेट समेत कभर्ड हललाई पर्न नसकेको उनको गुनासो थियो । ‘लेखनाथको खेलकुद पुर्वाधार बनाउन सबै तहबाट हेपिएको अवस्था छ ।’ अध्यक्ष भण्डारीले भने–‘कतैबाट सहयोग नपाए बन्ने सक्ने अवस्था छैन् । त्यसैले सबैले सहयोग गरे लेखनाथ क्षेत्रकै शानको रुपमा कभर्ड हल तयार हुने थियो ।’
बेसको टाईबिम निर्माण र पिलर ठडिने काम पुरा भयो । त्यसपछिको काम भने बजेट अपुगले शुरु हुनै नसकेको बहुउद्देश्यीय कभर्डहल निर्माण उपभोक्ता समितिका सचिव सुवास खड्काले गुनासो पोखे । ‘भएको बजेट सकियो । बजेट नभएपछि काम पनि लठापत्रै भयो ।’ उनले भने । स्थानीयले पनि पाँच लाख रुपैयाँ सहयोग जुटाएका थिए । यो वर्ष राखेपले बजेट छुट्टाईदिएको छैन् ।
लेखनाथको भण्डारढीक रंगशालामा कभर्ड हल नै छैन् । हलकै अभावमा मार्शल आर्टस् तथा अन्य इण्डोर खेल्न मिल्ने खेलको प्रशिक्षण भने बन्द जस्तै छ । निर्माणाधिन एकमात्रै कभर्ड हलको लागि आर्थिक सहयोग जुटाउनुपर्ने खाँचो देखिएको सचिव खड्काले औंल्याए । हल बनाउन तीन करोडको लागत अनुमान गरिएको छ । तर बजेट अभावले हलको सपना तत्काल पुरा हुन सक्ने अवस्था नदेखिएको स्थानीय खेलकर्मीहरु स्वीकार्छन् ।
परिषदले एक करोड ३५ लाख बजेट दिदाँ लेखनाथको कभर्ड हललाई कत्तिपनि परेन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले रकामान्तरको बजेट पार्ने आवश्वास्त पारे । ‘नियमित बजेट परेको छैन् । अब रकमान्तर गरेर भएपनि बजेट पठाउनुपर्छ भनिरहेका छौं ।’ उनको भनाई थियो । निर्माणाधिन हल ६० मिटर लम्बाई र ४० मिटर चौडाईको छ । कभर्डहलसँगै जोडिएको फुटबल मैदान र प्यारापिटको लागि भने विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । प्यारापिट विशेष गरी मर्सिकोर नेपाल नामक संस्थाको सहयोगमा निर्माण गरिएको हो ।
source: kheladinews




