मार्फामा कालिगण्डकी कटान नियन्त्रण गर्न तटबन्ध

पर्यटकीय गाउँ मार्फा स्याउ उत्पादनले प्रसिद्ध छ । यहाको स्याउ नेपाल लगायत अन्य देशमा समेत बिशेष ब्रान्ड बनेको छ । खेतियोग्य उर्वर जमिन न्यून भए पनि यहाका किसानले स्याउ लगायत अन्य बाली उत्पादन गरेर जीवन धानिरहेका छन् ।

गत वर्ष मुस्ताङमा कालिगण्डकी ३ दशकपछिकै ठूलो बाढी आयो । वर्षायामको हिउँ पग्लिएपछि कालिगण्डकी नदीले मुस्ताङको तल्लो भेगका कतिपय ठाउँ जोखिममा परे, खेतियोग्य जमिनमा क्षति पु¥यायो । घरपझोङ गाएपालिका ५ ढुम्बा र घरपझोङ २ मार्फाका किसान नदी कटानको चपेटामा परे ।

मार्फा बस्तीको पूर्वतर्फ नदी कटानले खेतियोग्य जमिनमा क्षति पु¥याउदा मार्फाबासी चिन्तित बने । जापानीज पूर्व राजदुत एजिमिश्र मासासी ओवामा तत्कालिन समयमा मुस्ताङ भ्रमणमा आउदा मार्फाली किसानले यहि दुखेसो राजदुतलाई सुनाए, अनि बन्यो कालिगण्डकी नदी नियन्त्रण आयोजनाको खाका । यसका लागि मार्फाका अगुवा किसान बिष्णुराज हिराचन, वडाध्यक्ष मानबहादुर विक लगायत जापानीज दुताबास धाए ।

आयोजनाको खाका तयारपछि जापानिज सरकारले क्रमागत आर्थिक सहयोग दिने वचनसहित नदी नियन्त्रणको काम अघि बढ्यो । जापानीज सरकारको सहयोगमा मार्फा गाउँको पूर्वपट्टि नदी किनारामा करिव ४ सय २० मिटर तटबन्ध भएको छ । जापान सरकारको करिव ९२ लाख, मार्फा गाउँको करिव साँढे २० लाख ४० हजार र स्थानीय श्रमदानसहित कुल १ करोड १६ लाखमा तटबन्ध निर्माण भएको निर्माण समितिका अध्यक्ष मानबहादुर विकले जानकारी दिए ।

बुधबार मार्फा सामूदायिक सभाहलमा तटबन्ध आयोजना हस्तान्तरण समारोह भएको छ । जापानिज राजदुत मासामिची साईगो जापानिज सरकारले मुस्ताङको सुन्दर गाउँ मार्फामा बस्तीको खेतियोग्य जमिन बचाउन तटबन्ध निर्माणमा सहयोग गर्न पाएको खुसी व्यक्त गरे । उनले कालिगण्डकी नदीका कारण नदी किनाराको खेतियोग्य जमिन र यहाँका बस्तीहरु जोखिममा रहेको सुनेकोले यहाँ लगानी गरेको खुलाए । ‘जापान सरकारले आर्थिक अनुदान दिएर तटबन्ध बन्यो,’ राजदुत साईगोले भने, ‘अब यसको संरक्षण र हेरचाह गर्ने दायित्व स्थानीयतह र गाउँको हो ।

प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले मित्र राष्ट्र जापान र नेपालबीचको सम्वन्ध पुरानो भएको बताए । ‘देशका ठुला– ठुला आयोजनामा जापान सरकारको सहयोग रहदै आएको छ । उदयपुर सिमेन्ट देखि गौरवका आयोजनामा जापानले सहयोग गरेको छ,’ सांसद तुलाचनले भने, ‘नेपालको समृद्धि र बिकासका लागि जापान सरकारले निस्वार्थ भावले सहयोग पु¥याएको छ, मुस्ताङमा खेतियोग्य जमिन जोगाउन भएको सहयोग महत्वपूर्ण ठान्छौं ।’

केही समयअघि जापानिज राजदूत र ईजराईली राजदूतबीच यहाँको कृषि संम्भावनाका बारेमा छलफल भएको बताउदै सांसद तुलाचनले जापानको आर्थिक सहयोग र भूगोल सहाउँदे ईजराइलले मुस्ताङमा खेर गएका जमिनलाई उपयोगमा ल्याउन सक्ने दावी गरे । दलीय स्वार्थ त्यागेर जिल्लाको समग्र विकासका लागि आफु लागिपरेको उल्लेख गर्दै जिल्लाको हितमा काम गर्न म्ुस्ताङबासी एक हुनुपर्ने सुझाए ।

सहायक प्रमुख जिल्ला अधिकारी बिश्वश्वर रेग्मीले मुस्ताङका लागि जापान सरकारको सहयोगले यहाका किसानमा आशाको दियो बालेको बताए । निर्माण समितिका विष्णुराज हिराचनले जापान सरकार यसप्रकार सहयोग कालान्तरसम्म रहने अपेक्षा गरे ।

कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ, तटबन्ध निर्माण समितिका विष्णुराज हिराचनले जापानीज टोलीलाई उपहार प्रदान गरेका थिए । कार्यक्रममा जनवाल माविका विद्यार्थीलाई स्वागत गान प्रस्तुत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन तटबन्ध निर्माण समितिका सदस्य दीपक लालचनले गरेका थिए ।