आकस्मिक स्वास्थ्य सेवा चाहियो, ११३४ डायल गर्नुस

दुर्घटना वा अन्य कारणले गम्भीर बिरामी भएकालाई अस्पताल लैजान नेपालमा निकै सकस हुन्छ । ग्रामीण क्षेत्रको कुरै छाडौं, सहरमै एम्बुलेन्स पुग्न लामो समय लाग्छ । परिणामस्वरुप धेरै बिरामीको समयमै उपचार नपाएर ज्यान जाने गरेको छ ।

स्वस्थ र समृद्ध देशका लागि नेपाल मेडिसिटी भन्ने उद्घोषका साथ ललितपुरको भैसेपाटी सैन्बुमा रहेको नेपाली मेडिसिटी आकस्मिक स्वास्थ्य सेवाका लागि अग्रसर भएको छ । मेडिसिटीले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको छ । काठमाडौं उपत्यकामा एम्बुलेन्स र देशका अन्य भागका लागि भए हेलिकोप्टरबाट तत्काल घाइतेको उद्धार गरिने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

उनले भने, “अब कोही नेपाली उपचारै नपाएर मर्नुपर्दैन । हामी हेलिकोप्टरबाट उद्धार गरी बिरामीकौ इच्छाअनुसार अन्य अस्पताल पनि लगिदिन्छौं ।” यसका लागि नेपाल मेडिसिटीलाई Viber: https://vb.me/swasthanepalपनि सम्पर्क गर्न सकिनैछ ।

विशेष विशेशज्ञता हासिल गरेका पूर्णकालीन चिकित्सक रहेको मेडिसिटी विश्वमा प्रचलित प्रविधि र उच्च स्तरका उपकरणसहित सुपर स्पेसालिटी अस्पताल हो । गैर आवासीय नेपाली डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट मेडिसिटीलाई दक्षिण एसियाकै मेडिकल हबको रुपमा विकसित गर्ने लक्ष्य राखिएको छ ।