कमरेड बिप्लवलाई खुल्ला पत्र :सुमन बराल

१, जनताको मन र मत जितेर आफूलाई राजा नै बनाउनु भयो लोकतान्त्रिक बिधि ( चुनाब वा ५० औ लाख ले गर्ने जनाअन्दोलन ) बाट भने, मेरो लागि मान्य हुने छ । बरु तपाइँलाई राजा बनाउन मतदान नै गर्छु तर मुलुकमा अर्को हिँसा कुनै हालतमा स्विकार्न सकिदैन ।अहिले र बिगतका सरकार का लुट हरु पर्दाफास गर्नुस र कानुन बमोजिम दण्डित गर्न दबाब दिनुस । तर अब फेरी बन्द, हड्ताल, चन्दा आतंक र हिँसा कुनै हालतमा नेपाली जनताले सहन सक्दैनन् र देशले पनि थेग्न सक्दैन ।

२, तपाइँहरुले आफै हतियार बनाउने उद्योग खोल्ने होइन, शक्तिकेन्द्र को ग्राहक बन्ने नै हो । एका तिर आतंककारी भन्ने र अर्को तिर १० बर्षे द्वन्दमा जस्तै शक्तिकेन्द्र हरुले नै हतियार र श्रोत जुटाइदिने हुन् । साम्राज्यबादी र बिस्तारबादी भनिएका शक्ति नै द्वन्द को बिउ रोप्छन भन्ने कुरा तपाइँले बुझ्न नसक्नु भएको हो वा द्वन्द अर्थतन्त्रको मतियार बन्नु भएको छ ?

३, बिगत र अहिले को केपी ओलीको सरकार पनि जनता को गास, बास, कपास, सिक्षा, स्वास्थ, रोजगारी जस्ता आधारभूत आवस्यकता को ग्यारेन्टी गर्न इमान्दार बनेनन्, बन्ने सम्भावाना पनि देखिदैन । भ्रस्टाचार, माफिया, तस्कर, गुण्डा र अपराधि हरुको संरक्षण गर्ने नैतिकहिन हरु बाट विकास र निकास होला भन्ने दलका दास हरु बाहेक कसैले बिस्वास गर्दैन । तथापि शान्तिपूर्ण रुपमानै जनता को मन र मत जित्ने बाटो जीवित रहेको अवस्थामा कुनै पनि बाहनामा द्वन्द गर्नु भनेको देस र जनताको अहित चाहनु हो । तपाइँ संग क्षमता र इमान्दारिता भएको खण्डमा जनता को मन र मत जित्न सरकार वा कुनै शक्तिकेन्द्र ले रोक्न सक्दैन । किन शान्तिपूर्ण बाटो रोज्नु हुदैन ? कतै जनताको मन जित्न सक्ने क्षमता, धैर्यता र इमान्दारिता नभएर त्रास को राजनीति गर्नु भएको त होइन ?

४, नेपालि सेनाले साचै चाएको खण्ड मा केहि दिन भित्र र शक्तिकेन्द्रले चाएको खण्डमा केहि घण्टा भित्र तपाइँ हरु सबै लाइ सखाप पार्न सक्छन भन्ने कुरा साँच्चै नबुझ्नु भएकै हो ?अर्को द्वन्द हुदा मर्ने र मारिने फेरी पनि निमुखा जनता नै हुन्छन भन्ने नबुझ्नु भएको हो ? अर्को द्वन्द शक्तिकेन्द्रहरुको हतियार बेच्ने र नेपाल अस्थिर राख्ने सड्यन्त्र हो भन्ने कुरा नबुझ्नु भएकै हो ? बुलेट ले नभई ब्यालेट बाटै तपाइँ सत्तामा पुग्न सक्ने बाटो छ भने साँच्चै नबुझ्नु भएकै हो ?

५, मानौ, तपाइँ हिँसाको जगमा सत्तामा पुग्नु भयो । तपाइँ को हिँसा बाट प्राप्त सत्तालाइ बिस्व को कुनै मान्यता पनि आवस्यक परेन अथवा भारत, चिन र अमेरिकामध्ये कुनै एउटा वा बढी शक्तिकेन्द्रले तपाइँलाई समर्थन पनि गरे । तपाइँलाई उपयुक्त लागेको कानुन र नीति हरु बनाउनु पनि भयो । देस र जनताको कायापलट भयो । भ्रस्टाचार, गरिवी, असमानता, विभेद ह्वात्तै घट्यो । तर कुनै नया समुह तपाइले नेतृत्व गरेको सरकार प्रति सन्तुस्ट छैन र तपाई हरु बिरुद्ध हतियार उठाउन अग्रसर छ । यस्तो अवस्थामा तपाइँ उक्त समुहलाई ‘आफ्ना माग लोकतान्त्रिक बिधि बाट पुरा गर’ भन्दै बार्ता गर्नु हुन्छ ? कि ति समुह लाइ सत्ता सुम्पिनु हुन्छ ? कि हिँसा गर्ने लाइ कानुन बमोजिम दण्डित गर्नु हुन्छ ? अनि तपाइँको सरकारमा जनता को मन र मत जित्न नसक्ने तर जबर्जस्ति चन्दा असुल गर्ने र नदिने लाइ कारबाही गर्ने समुहहरुलाई के गर्नु हुन्छ ?