अर्थमन्त्री खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा

सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।  

पूँजी बजारको बिग्रो अवस्थालाई मध्ये नजरमा राखेर सरोकार पक्षहरुले ”सुधार र बिस्तारको लागि अर्थमन्त्री युवराज खतिवडाको बर्खास्ती” मुख्य मागसहित आन्दोलनको घोषणा गरेका छन्।  २०७५ फागुन २७ गते शेयर लगानीकर्ता दबाब समूहले कडा र लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रेस बिज्ञप्ति जारी गदै पूँजी बजार सुधार तथा बिस्तारका लागि पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

प्रेस बिज्ञप्तिमा सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावमा अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा दबाब समूहले गंभीर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावका केही बुँदा कार्यान्वयन गरिए पनि अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा हाम्रो गंभीर आपत्ति रहेको छ तशर्थ पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न हाम्रो प्रमुख माग रहेको छ ।’

दबाब समूहले बैशाख १ गतेदेखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वेच्छिक हुनुपर्ने प्रस्ट पारेको छ । साथै शेयर बजारमा खरीद बिक्री गर्दा लिने पूँजीगत लाभकर अन्तिम हो भन्ने प्रष्ट बनाइनुपर्ने माग राखेको छ ।

समूहले यसअघि धितोपत्र बोर्डमा पेश गरेको ३२ बुँदे मागसहित अन्य थप माग राखेर २०७५ चैत  ९ गतेदेखि चैत १६ गतेसम्म आन्दोलनको घोषणा गरेको छ ।