तप्राङ्गमा भाषण तालिम सम्पन्न

नारी दिवशको अवसर पारेर मादी गाउँपालिका वडा नं ६ को आयोजनामा आयोजित तीन दिने उद्घोषण तथा भाषण तालिम सम्पन्न भएको छ ।

महिलाहरुको क्षमता अभिवृिद्ध गर्न उदेश्यले आयोजित तालिमको समापन समारोहमा बोल्दै वडा नं ६ का वडा अध्यक्ष पस वहादुर बास्तोला श्यामले मादी गाउँपालिकाले महिला शसक्तिकरणका लागि विशेष महत्व दिएको बताए ।

तालिम पछि महिलाहरुमा व्यवहारीक रुपमा परीवर्तन देखिएको छ, आत्मविश्वास को वृद्वि भएको छ ,उनले भने । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सञ्चारकर्मी गोविन्द थापा सिन्जालीले सफलता प्राप्तिका लागि निरन्तर रुपमा अभ्यासमा लागिरहन प्रशिक्षार्थीलाई आग्रह गरे ।

कार्यक्रममा वडा सदस्यहरु शिव बराल त्रिपाठी,सुन्दरी परीयार ,महारुद्र मा.विका प्रधानाध्यापक गंगाधर बराल,ईलाका संरक्षण समिति सिक्लेसका सचिव दिपक बराल ,वडा सचिव सुर्य वहादुर पाण्डे,कृषि प्राविधिक मनु थापा लगायतकाले मन्तव्य राखेका थिए ।

महिला सन्जाल तप्राङ्गका अध्यक्ष दुर्गादेवी पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुले आफ्ना अनुभवहरु साटेका थिए । ५० जना सहभागी तालिम सञ्चालनका लागि ईलाका संरक्षण समिति सिक्लेसले विशेष सहयोग गरेको थियो ।