महिला दिवसमा जिल्ला सहकारी संघको अन्तर्क्रिया

कास्की जिल्लामा रहेका सहकारीका महिला सहकारीकर्मीबीच शुक्रबार अन्तक्र्रिया भएको छ । जिल्ला सहकारी संघ कास्कीले शुक्रबार आयोजना कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक, प्रदेश सभा सांसद प्रभा कोइरालाले महिलाको मताधिकारबाट सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक श्रमिक दिवस ऐतिहासिक दिन भएको बताइन् ।

कोइरालाले सृष्टिको आधा अंश महिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिँदै कानुनले दिएका अधिकार प्रयोग गरी युग सापेक्ष समक्ष बन्नुपर्ने बताइन् । सहजकर्ता जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सहकारी संस्था सञ्चालनमा महिलाको उपस्थिति, लगानी तथा सहभागिता पुरुषभन्दा कम नरहेको बताए ।

उनले महिलाले सञ्चालन गरेका सहकारीले विश्वसनीय र सफल सहकारीको छवि बनाएको बताए ।
कार्यक्रम जिल्ला सहकारी संघका सञ्चालक अम्विका गौतम अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सम्झना अधिकारी, लेखा समितिका सदस्य धर्मबहादुर गुरुङ र संघका शिक्षा, तालिम, युवा, सुचना तथा सञ्चार समिति संयोजक धर्मराज अर्यालले बोलेका थिए ।