बैंकिङ क्षेत्रको कुल कर्जा दुई बर्षको बजेट बराबर

nrb

बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम २७ खर्ब ३९ अर्ब ७७ करोड ५६ लाख ८० हजार रुपैयाँ पुगेको छ । यो रकम नेपालको भण्डै दुई आर्थिक बर्षको बजेट बराबरको हो ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म २८ वटा बाँणिज्य बैंक, ३३ वटा बिकास बैक र २४ वटा फाईनान्स कम्पनीहरुले उक्त परिमामाणमा कर्जा प्रवाह गरेका हुन । सो अवधिमा बैक तथा फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम भने ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रुपैयाँ रहेको छ । 

राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा बाँणिज्य बैंकहरुले मात्र २३ खर्ब ७३ अर्ब २४ करोड ८८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । सो अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने क्रमश तीन खर्ब तीन अर्ब ५३ करोड ३७ लाख ८० हजार रुपैयाँ र ६२ अर्ब ९९ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसअवधिमा बिकास बैंकहरुको कुल निक्षेप तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार रुपैयाँ रहेको छ भने फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप रहेको छ ।  

बैंक तथा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने यसअवधिमा दुई खर्ब ९५ अर्ब ८९ करोड ४६ लाख ६० हजार रुपैयाँ पुगेको छ । सो मध्ये बाँणिज्य बैंकहरुको मात्र चुक्ता पुंजी दुई खर्ब ४२ अर्ब ५७ करोड २६ लाख २० हजार रुपैयाँ पुगेको छ भने बिकास बैंकहरुको कुल चुक्ता पुँजी ३९ अर्ब ५० करोड ७६ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने १३ अर्ब ८१ करोड ४४ लाख १० हजार रुपैयाँ पुगेको छ ।