पोखराका महिला उद्यमी संगठित भएका छन् । उनीहरुले पोखरा महिला चेम्बर अफ कमर्श गठन गरेका हुन् । बिहीबार भएको भेलाले गीता तिवारी गौतमको अध्यक्षतामा समिति निर्माण गरेको हो ।
समितिको उपाध्यक्ष, महासचिव, कोषध्यक्ष र सहसचिवमा क्रमश सुमन गुरुङ, संग्रिला मरासिनी, संगीता गौतम र राजकुमारी पन्थी छन् । सदस्यमा रिना पौडेल, माया विक, ज्योति अधिकारी, विष्ण्ुामाया गुरुङ, पुष्पा मरासिनी, लक्ष्मी देवी शर्मा र कमला सुनार छन् । यो नेपाल महिला चेम्बर अफ कमर्शको जिल्ला शाखा हो । संस्थामा विभिन्न उद्योग, व्यवसायमा संलग्न महिला आवद्ध छन् ।




