रामेछाप नगरपालिका ६ ओख्रेनीमा आफैले चलाएको स्कोर्पियो दुर्घटनामा रत्नबहादुर नेवार गम्भीर घाइते छन् । उनका भाइ श्या बहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी पनि दुर्घटनामा परेका छन् ।
रामेछाप अस्पतालमा उपचारका लागिएकोमा थप उपचारका लागि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डौको नेपाल मेडीसिटी अस्पताल ल्याइएको छ । रत्नबहादुरको कम्मरमुनिका भागमा चोटपटक लागेको छ भने मञ्जु थापाको खुट्टा भाच्चिएको छ । त्यस्तै घाइतेमध्ये केहीको स्वास्थ्य अवस्था जटिल छ ।
अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सञ्जय कार्कीले सबै घाइतेलाई अहिले आकस्मिक कक्षमै राखेर उपचार गरिरहेको र उनीहरु खतरामुक्त रहेको जानकारी दिए । सबै उपचार नेपालमै सम्भव गराउने उद्देश्यका साथ ललितपुरको सैन्बुमा रहेको नेपाल मेडिसिटीले यस्ता दुर्घटनाका बिरामीलाई तत्काल उद्धारका लागि हेलो हेली नामको सेवा पनि सञ्चालन गरेको छ ।
यसका लागि ९८५८७७७१११ मा सम्पर्क गर्न सकिने मेडिसिटीका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । कुनै पनि नेपालीले उपचार अभावमा मृत्युवरण गर्नु नपर्ने गरी नेपाल मेडिसिटीले सेवा दिने प्रण गरे ।




