विरुवा सहकारीको चारदिने अबलोकन भ्रमण सुरु

विरुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे चारदिने अबलोकन भ्रमण सुरु भएको छ । संस्थाको बार्षिक कार्यक्रम अनुरुप बुधबार अबलोकन भ्रमण सुरु भएको हाे ।

बुधबार विहान संस्थाका अध्यक्ष चित्रराज बराल(गाेपाल)काे नेतृत्वमा ८० जना भन्दा बढीकाे टाेली पाेखरादेखी हिडेकाे हाे । टाेली स्वर्गद्वारी,सुर्खेत,दाङ तुलसीपुर, लुम्बिनी हुदै सिजी हुदै पाेखरा फर्किने कार्यक्रम रहेकाे छ ।

संस्थाका शेयर सदस्यहरु बिच अात्मियता बढाउने तथा विभिन्न सहकारीको अवलाेकन भ्रमण गर्ने उदेश्यका साथ हिडेकाे बरालले जानकारी दिएका छन् । टाेलिमा सञ्चालक सदस्य, सल्लाहकार, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीकाे सहभागीता रहेकाे छ ।