सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको उर्जाशील अपाङ्ग सशक्तिकरण केन्द्रलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशील अपाङ्ग सशक्तिकरणका अध्यक्ष कपिल विकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सहयोग गरेको हो ।
शारीरिक अपाङ्गता भएका व्यक्तिलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउन कम्प्युटर सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका साथै ८१ वटा शाखा कार्यालयबाट विभिन्न सहयोग गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।




