पहारी कुल संरक्षण समितिमा अढाई लाखको अक्षयकोष

पोखरा महानगरपालिका वडा नं. ६ र १८ सहित नेपालभरी छरिएर रहेका पहारीहरुको सहयोग र हितका लागि बैदाममा रहेका पहारीहरुले पहारी कुल संरक्षण सतितिमा अक्षयकोष स्थापना गरेका छन् । पोखरामा बुधबार एक कार्यक्रम गरी समितिले यस्तो जानकारी गराएको हो ।

नेपालभरी रहेका सम्पूर्ण पहारीको हकहित, गरिब, जेहेन्दार मेधावी विद्यार्थीदेखि गरिब असहायको सहयोगका कोष स्थापना गर्ने लागिएको हो । २ लाख ५१ हजार १ सय ५० रुपैयाँको कोष स्थापना गरिएको छ । कोषबाट प्राप्त ब्याजलाई सहयोग गरिने समितिका अध्यक्ष गोबिन्दराज पहारीले जानकारी दिए ।


नेपालभरी रहेका सम्पूर्ण पहारीको हकहित, गरिब, जेहेन्दार मेधावी विद्यार्थीदेखि गरिब असहायको सहयोगका कोष स्थापना

समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी गोबिन्दराज पहारीले १ लाख १ हजार, सदस्य महेश्वर पहारीले १ लाख र सदस्य वासु पहारीले ५१ हजार १ सय ५० रुपैयाँ आफ्ना बुवाआमाको सम्झनामा प्रदान गरी अक्षयकोष स्थापना गरेको समितिका सचिव जगतबहादुर पहारीले बताए ।

समितिले बैदामसहित आसपासका क्षेत्रमा समाजमा प्रत्यक्ष देखिने गरी काम काम गर्नका लागि विभिन्न १९ उपसमितिसमेत गठन गरेको छ । समितिले पहारीहरुका लागिमात्र नभई विभिन्न सामाजिक कार्य गर्ने समितिका अध्यक्ष गोविन्दराजले बताए ।