पशुपति क्षेत्रमा तीर्थालुको स्वास्थ्य जाँच्दै मेडिसिटी

महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडीसिटी अस्पतालले पशुपति मन्दिर क्षेत्रमा शिविर सञ्चालन गरेको छ । यस पर्वमा देश तथा विदेशबाट लाखांैको भक्तजन पशुपति आउँछन् । शिवरात्रीमा आएकाहरुलाई नेपाल मेडीसिटीले उच्चस्तरीय मोबाइल क्लिनिक भ्यानसहित निशुल्क उपचार गरेको छ ।

धेरैजसो तीर्थालुमा पानी तथा ग्लुकोजको मात्रा कम भएको पाइएको छ । कतिपयको धेरै समय लाइनमा बस्नुपर्दा ब्लड प्रेसर थपघट भएको मेडिकल जनाइएको छ ।

मेडिसिटीको टोलीले ३ सय भन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो । मंगलबार पनि मानिसको भीड रहने भएकाले सोमबार र मंगलबार २ दिन शिविर गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

सबै उपचार नेपालमै सम्भव गराउने लक्ष्यका साथ ललितपुरको सैन्बुमा सञ्चालित नेपाल मेडिसिटीले सामाजिक दायित्व वोध गर्दै देशमा विभिन्न भागमा पनि शिविर आयोजना गर्दै आएको छ ।