हाम्रो सहयोगीको टोली भ्रमणमा

पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यको टोली अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ ।

सोमबार पोखराबाट सुुरु भएको अध्ययन अवलोकन भ्रमण ५ दिनसम्म चल्नेछ । भ्रमण टोली नेपालको पूर्वी भूभागसहित भारतको सिक्किम, दार्जलिङसम्म पुगेर फर्किने कार्यक्रम रहेको सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

भ्रमण टोलीमा ६४ जना सहभागी रहेको सहकारीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र आचार्यले जानकारी दिए । ‘सेयर सदस्यको क्षमता अभिवृद्धिसहित अध्ययन अवलोकनमा चासो बढाउन भ्रमण आयोजना गरिएको हो,’ उनले भने,’ सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत भ्रमण तय भएको हो ।’

भ्रमणमा सहभागीलाई सोमबार बिदाइ गरिएको छ । सहकारीका निवर्तमान अध्यक्ष किसान सुनार लगायतले टोलीलाई बिदाइ गरेका हुन् ।