दुर्घटनामा परी एक महिलाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडामा गएराति भएको सवारी दुर्घटनामा परी आमाको मृत्यु भएपछि नाबालकको बिचल्ली भएको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार हेटौंडाको थानाभर्‍यांगमा ना.१ झ.२००६ नम्बरको सुमोको ठक्करबाट पहिचान खुल्न नसकेको करिब ४५ बर्षीय महिलाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएपछि उनको करिब एक बर्षीय बच्चाको बिचल्ली भएको छ ।

हेटौंडाकै एक होटलमा भाडा माझेर जिविका चलाइरहेकी भनिएकी महिलाको आफन्त कोहीपनि सम्पर्कमा नआएका कारण आफूहरुले नै बच्चाको अहिले रेखदेख र उपचार गइरहेको नारायणी यातयात ब्यवसायी संघका सचिव सरोज खनालले जानकारी दिए। घाइते अवस्थामा रहेको बच्चाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।