लागूऔषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ का घनश्याम साह र प्रकाश राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे८ प. ९४२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक साहको साथबाट ६ ग्राम ब्राउन सुगर र मोटरसाइकलको पछाडि सवार राजवंशीको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी ६० एम्पुल लागूऔषध फेला परेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।






