बालाकोट हमलाबारे मोदीले दिए कडा जवाफ

भारत पाकिस्तानबीचको बढ्दो तनावमा शान्ती र सद्भावको सन्देश दिन इमरान खानले आफनो नियन्त्रणमा रहेका पाईलट अभिनन्दनलाई रिहा गरे ।

जसको कारण उनको विश्वभर चर्चा भईरहेको छ । पाकिस्तानप्रति आक्रमक बनिरहेका मोदीको रणनितीमा इमरानले अभिनन्दनको नाममा हानेको छक्कामा मोदी सरकार हल्लिएको छ । तथापी उसले पाकिस्तानलाई दिने गरेको धम्की भने रोकिएको छैन । उनले पाकिस्तानको बालाकोटमा गरेको आक्रमणप्रति भारतमा नै सन्देह गर्न थालिएपछि मोदीको आलोचना हुन थालेको छ । तथापी पाकिस्तानप्रति मोदीको रवैया भने परिवर्तन भएको छैन । लोकसभाको चुनाव नजिकिदै जादा उनले यसैलाई मतको हतियार बनाईरहेको जस्तो देखिन थालेको छ ।

उनलाई बिपक्षीले स्वार्थका लागि सेनाको रगतमा होली खेलिरहेको आरोप लागेपछि उनले आफनो लागि वीर सेनाहरुको रगत अमुल्य रहेको बताएका छन् । भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्र मोल्दै नरेन्द्र मोदीले यस्तो बताएका हुन् । बालाकोट आक्रमण पछि भारत सुरक्षित व्यक्तिको हातमा रहेको दाबी गर्दे आएका उनले अहिलेको भारत नयाँ भारत भएको बताएका छन् । उनले भने “पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।”

नयाँ भारत निडर र निर्भिक रहेको बताउँदै उनले भने “देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ।” घर भित्र र बाहिरका दुवैको बारेमा भन्दै छु। यो डर राम्रो हो। अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो। उनले देशको लागि आफु सेनासंग काँधमा काँध मिलाएर हिडिरहेको बताएका उनले यसमा कतिपय मानिसहरुले शंका गरेको समेत बिपक्षीलाई कटाक्ष हाने । ”

ती मानिसहरूले मोदीको विरोध गर्दा गर्दै अब देशको विरोध गर्न थालेका छन् र देशलाई नै नोक्सान गर्न थालेका छन्। म ती मानिसहरूलाई सोध्न चाहन्छु के तपाईँहरूलाई हाम्रो सेनाको सामर्थ्यप्रति विश्वास छैन ?” उनले रफाल नामक युद्धक विमानको विरोध गर्नेहरूलाई पनि जबाफ दिन भ्याए।उनले भने “अचेल रफालको कमीबारे पनि चर्चा भइरहेको छ। आज देशमा रफाल भएको भए परिणाम अर्कै हुनेथियो।”