पोखराको फेवातालमा भएको प्याराग्लाइडिङ दुर्घटनामा परेका एक प्याराग्लाइडरको मृत्यु भएको छ।
आइतबार बिहान ११ बजेर २० मिनेट जाँदा साराङकोटबाट उडेको सो प्याराग्लाइडिङ फेवातालमा खसेको थियो।
ब्लुस्काई प्याराग्लाइडिङमबाट पर्मिट लिएर सोलो उडेका ४२ वर्षीय रोमानियाका नागरिक इदे सिजरको सो दुर्घटनामा मृत्यु भएको हो।
प्यारग्लाइडिङ खसेको सूचनासँगै पुगेको प्रहरी टोलीले उनको उद्धार गरी मट्रोसिटी अस्पतालमा पुर्याएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्याराग्लाइडिङ ल्यान्ड गर्न क्रममा सन्तुलन नमिल्दा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।






