ग्रामीण पर्यटन महोत्सव स्थगित

गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ)गण्डकी प्रदेशले आयोजना गर्न लागेको ग्रामीण पर्यटन महोत्सव स्थगित भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ्ग शेर्पा लगायत ७ जनाको यही १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि महोत्सव स्थगत गरिएको हो ।

घटनाबाट अत्यन्त मर्माहत भएको जनाउँदै भिटोफले दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनले भोग्नुपरेको गहिरो चोटप्रति हार्दिक समबेदना प्रकट गरेको छ ।

यसअघि फागुन २३,२४,२५ गतेका लागि तय भएको महोत्सवको नयाँ मिति चाडै सार्वजनिक गरिने भिटोफ गण्डकी सचिव सुशीला भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।