कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित भायनेट क्यान इन्फोटेक–२०१९ इन एसोसियसन विथ आइएमई पे यही फाल्गुण २० गते देखी २५ गते सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ।
उक्त मेला लाई लक्षित गरी इसेवाले विभिन्न उपहार योजना ल्याउने भएको छ।इसेवाका पोखरा शाखा प्रमुख बिनोद बोहोराका अनुसार क्यान इन्फोटेक अवधिभर दैनिक पुरस्कारको व्यवस्था गरिएको छ, जसमा फुड भौचर,वाल क्लाईम्बिङ ,प्याराग्लाइडिङ राफ्टिन्ङ ,बन्जी ,मुभि टिकेट,फ्री ईन्टरनेट तथा जिपर फ्ल्लायर प्रतेक दिन लक्की ड्र मार्फत प्रदान गरिनेछ। साथै बम्पर उपहार स्वरुप एक जोडीलाई ABC को हेलिकप्टेर यात्रा निशुल्क प्रदान गरिनेछ।
बोहोराका अनुसार यी उपहार योजनामा सहभागी हुन मोबाईलको मेसेज बक्समा गई CANP लेखेर 32121 मा SMS गर्नुपर्नेछ वा इसेवाको स्टल नं १३ मा गइ रजीस्टर गर्न सकिनेछ।






