पारिवारिक सदस्यको निधनमा काजकिरिया किन :पूर्वसचिव भीम उपाध्याय

मलाई सोध्छन्, ‘पारिवारिक सदस्यको निधनमा काजकिरिया किन १३ दिन नै गर्नुपर्ने? आआफ्नो स्वतन्त्रता र बिश्वास हो गर्नु नगर्नु , यसमा अरुले किन फलाना चिलाना गर किन भनेको? ‘ म भन्ने गर्छु, ‘तपाई बिरामी पर्नुभयो र डाक्टरले यति डोजको यति दिनसम्म औषधि खानू भनेर प्रेषक्रिप्सन लेखिदियो भने पनि डाक्टरले भनेको खानु नखानु तपाईको स्वतन्त्रता हो, त्यसको फल तपाईले नै पाउने हो, अरूले हैन! त्यसो गरेर तपाई सन्चो हुनु भएन भने डाक्टर दोषी हुन सक्दैन, मेडिकल बिज्ञान गलत हुन सक्दैन। त्यस्तै काजकिरिया मृत्यु विज्ञानको प्रेस्क्रिप्सन, डोज र कोर्ष हो, मान्ने नमान्ने तपाईको मर्जी हो, त्यसको फल अरूले हैन तपाई र तपाईका दिवंगतले पाउने हो ।’

मानिसको मृत्युपछि पूर्ण प्राण जान १३ दिन लाग्छ, मृतक प्रेतबाट बैकुण्ठ अर्थात पितृ बन्ने क्रियामा १३ दिन लाग्छ, परिवारमा मृतकको घात सहनशक्ति पूर्ण बिकसित भएर नर्मल हुन १३ दिन लाग्छ । मृत्यु संस्कारमा बिधि पुर्याईएन भने मृतकको अभौतिक शरीर तपाईकै छेउछाउ भौतारिरहने हुन्छ र तपाईलाई विपना वा सपनामा आएर अशान्त अस्थीर बेचैनी दिन थाल्छ, जसको उपचार बिश्वका मैं हुँ भन्ने डाक्टरसंग पनि हुदैन । मैले त्यस्ता केही परिवार देखेको छु जो क्रान्तिकारी नारामा बहकिएर लापरवाही गर्दै सही तरिकाले काज किरिया नगर्दा विक्षिप्त भएका र पछि बिधि पुर्याएर काजकिरिया पुन: गरेपछि शान्त स्थीर र मुक्त अनुभूति गरेका ! मृत्युसंस्कारलाई मान्नु नमान्नु र शान्त हुनु वा बिक्षिप्त बन्नु आआफ्नो अधिकार र स्वतन्त्रता होला तर स्वतन्त्रता र लहडका नाममा ती निर्दोष मृतकलाई सदा पीडा दिईरहनु जीवितका लागि पाप भने हो नै, जसको खराब असर कैयन बर्षसम्म मृतकको प्रेत भड्किरहने र परिवारजनलाई पनि पीडा थप्ने हुन्छ । लोकहितका नाममा मैले यति भन्नुपर्ने मेरो कर्तब्य र धर्म हो । कसैप्रति आरोप वा कसैलाई दबाब हैन । बॉकी आप की मर्जि