दुनियामा मानिसहरु होटल भन्ने बित्तिकै वास बस्न अथवा खाना खान रमाईलो गर्न लगाएत भन्ने बुझ्ने गर्छन् । तर हामी तपाईहरु लाई आज यस्तो होटलको बारेमा जानकारी दिन गईरहेको छौं । जो यी सब बाहेक अन्य कुराको लागी पनि जाने गरेका हुन्छन् ।
नेदरल्याण्डसमा यस्तो होटल छ । जहाँ छिर्न साथ श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद हुन्छ । बास्तवमा ति डिभोर्स नाम गरेको होटलमा खाना बस्नको लागि मात्र नभई डिभोर्स गराउने थुप्रै वकीलहरुको ब्यवस्था पनि गरिएको छ । जुन कुराले गर्दा त्यस होटल चर्चित रहेको छ । अच्चमै त के छ भने त्यस होटलमा बैवाहि जिवन बिताएका लोग्ने स्वास्नीलाई मात्र प्रबेश दिईने गर्छ ।
उनीहरु होटेलभित्र छिर्दा लोग्नेस्वास्नी हुन्छन् तर जब होटेलबाट बाहिर निस्किन्छन् तब उनीहरुको डिभोर्स भैसकेको हुन्छ । वास्तवमा डिभोर्स गर्नकै लागि दम्पतिहरु उक्त होटेलमा जान्छन् । यस्तै जोडीहरुको लागि परामर्श, पुनर्मिलनको सम्भावना तथा डिभोर्सको लागि कानूनी सहायता प्रदान गरिन्छ होटेलमा ।






