पर्वतको १ स्कुलका प्रधानाध्यापकलाई जिल्ला अदालत पर्वतले यौन दुव्र्यवहार अभियोगमा ५ वर्ष कैद फैसला सुनाइएको छ । फलेवास ६ देवीस्थानको माझीगाउँ प्राविका प्रधानाध्यापक खिलप्रसाद पौडेलमाथि उनी आफैंले पढाउने ४ बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।
न्यायाधीश सूर्यबहादुर थापाको इजलासले यो फैसला गरेको हो । ५० वर्षीय पौडेलले ७ वर्षका २ बालिका, १० वर्षकी १ बालिका र १२ वर्षकी १ बालिकालाई यौन हिंसा गरेको भनी अभिभावकहरुले उजुरी दिएका थिए । पौडेललाई गत साउन ६ गते प्रहरीले पक्रेको थियो ।




