नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्सपेक्टर) पदकाे लिखित नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षाको नतिजा बुधबार प्रहरी प्रधान कार्यलयले सार्वजनिक गरेको हो ।
इन्सपेक्टरको पदमा खुलातर्फ ९०, महिलातर्फ ८, आदिवासी जनजातितर्फ ३३, मधेसीतर्फ १०, दलिततर्फ ७ र पिछडिएको क्षेत्रतर्फ १२ र अपाङ्ग तथा असक्त १ जनाले नाम निकालेको हो ।
अपाङ्ग तथा असक्तमा दुई जना मागिए पनि एक जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।
प्रहरीले असोज १५ गते विज्ञापन खुलाएको थियो भने पुस १६ गते परिक्षा लिइएको थियो ।






