जातीय संस्कृति संरक्षण र पोखराको वैभवतामा थप आर्कषण थप्ने योजनाअन्तर्गत नेवाः खल कास्कीले अगाडि सारेको नेवाः सास्कृतिक संग्रहालय निर्माण अभियानलाई नेवाः खल जापान र कास्की पोखरा समाज जापान लगायतका संस्थाले सहयोग गरेका छन् ।
जापानमा बस्ने नेवाः खल जापान अध्यक्ष एवं कास्की पोखरा समाज जापान उपाध्यक्ष प्रकाशलाल श्रेष्ठको पहलमा नेवाः खल जापानबाट ३३ हजार र कास्की पोखरा समाज जापानबाट ३० हजार सहयोग भएको छ ।
स्वयं प्रकाशलाल श्रेष्ठ र उनका परिवारजनबाट ४२ हजारसमेत गरी १ लाख ५ हजार रुपैयाँ नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे लगायतका पदाधिकारीलाई नेवा खल जापान अध्यक्ष प्रकाशलाल श्रेष्ठले हस्तान्तरण गरे । उनले नेवाः सांस्कृतिक संग्राहलय देशकै गहना भएकाले यसले नेवारी कला, संस्कृति जर्गेना गर्ने बताए ।
नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले देशबाहिर रहेर पनि जातीय संस्कृति र परम्पराप्रति सचेत रही सहयोग गरेकोमा धन्यवाद दिए ।






