विहे गरेको ९ वर्षपछि सम्मान

अन्तरजातीय विवाह गरेको नौ वर्षपछि उदयपुरमा एक जोडीलाई सम्मान गरिएको छ ।

रौतामाई गाउँपालिका ७ मुर्कुचीका पर्शुराम घतानी र लक्ष्मी तामाङलाई कार्यक्रम आयोजना गरी मङ्गलबार सम्मान गरेका हुन् ।

सचेतना कार्यक्रम सञ्चालन समिति रौगापा–७ को आयोजना र पालिकाको सहयोगमा ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने मूल नाराको साथ जातीय भेदभाव अन्त्यका लागि सामाजिक अन्तरघुलन विषयक एकदिने अन्तरक्रिया कार्यक्रमको साथ जोडीलाई सम्मान गरिएको छ ।

जातीय विभेद तथा भेदभाव अन्त्य गर्नका लागि एक उदाहरणीय पात्र भएको र समाजकै नमूना जोडी भएकाले सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार ९दर्नाल० तथा आयोजकका अध्यक्ष गणेशबहादुर एसकेको सभापतित्व र अतिथिहरूको आतिथ्यमा कार्यक्रम भएको थियो ।

२०६६ सालमा विवाह गरेको जोडीलाई प्रमुख अतिथि परियार ९दर्नाल०ले दोसला ओढाएर सम्मान गरेका थिए । जातीय भेदभावको अन्त्य भएपछि विवाह गरेका जोडीलाई त्यसबेला पनि निकै समस्या खड्किएको उनीहरू बताउँछन् । दलित परिवारको केटासँग तामाङको छोरीले विवाह गरेपछि दुवै पक्षमा केही समस्या आएको थियो । विवाह गरी काठमाडौं भागेर गएका जोडीलाई छुटाउन परिवारले हरकदम चालेका थिए । पछि करिब २ वर्षसम्म पनि माइतीपक्षले छुटाउन चाहेको उनीहरू बताउँछन् ।

भोगर काठमाडौं गएका उमीहरूले काठमाडौंमै अदालती विवाह गरेका थिए । विवाह गरेको धेरै वर्षपछि समाजले सम्मान गरेकोमा उनीहरूले खुशी व्यक्त गरेका छन् । माइती तथा ससुराली आवत– जावत नभए पनि घरको भने राम्रो साथ सहयोग पाएको उनीहरू बताउँछन् । सबैभन्दा ठूलो र आफूलाई जन्म दिने आमाभन्दा पनि ठूलो प्रेम हो भनी प्रमाणित गरेको उनीहरू बताउँछन् । ‘माया भनेको साँच्चीकै अन्धो हुँदो रै’छ । पहिले त मन मिल्नु प¥यो, अनि दुवैले साँचो माया गरे कसैको केही लाग्दैन’ –उनीहरूले भने ।