मुन्द्रेको कमेडी क्लबमा दोहोरी घम्साघम्सी

नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल (घरबेटी), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा) लगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।

हिजो सोमबार मुन्द्रेको कमेडी क्लबको १७ औँ एपिसोड प्रसारण भएको छ भने हालसम्म आइपुग्दा यस कार्यक्रमलाई धेरैले मनपराएका छन् भने फलोअर्स पनि बढेका छन् । हिजोको एपिसोडमा नेपाली फिल्म इन्डष्ट्रिका दुई चर्चित अनुहार कलाकार भुवन केसी र अनमोल केसी गेष्टका रुपमा आएका छन् र फाल्गुण १७ गतेबाट अल नेपाल रिलिजमा आउने चलचित्र क्याप्टेनको प्रमोशनका पनि गरेका छन् ।

साथै कार्यक्रम निकै नै रमाइलो भएको छ भने मुन्द्रेको कमेडी क्लबमा नायक अनमोल केसी र लट्टे र फुलन्देकी आमा बीच दोहोरी घम्साघम्सी पनि भएको छ जसमा एकले अर्काको खिस्सि उडाएको छ ।