पोखरा १८ का वडा सचिव मञ्जुबहादुर बस्नेतको निधन भएको छ । पोखरा १६ बाटेलेचौरको घरमा बस्नेतको सोमबार बिहान निधन भएको हो ।
५५ वर्षीय बस्नेतले पोखरा विभिन्न वडामा वडा सचिव बनेर काम गरेका थिए । उनको हृदयघातबाट निधन भएको जनाइएको छ । आइतबार साँझ सकुशल सुतेका उनलाई हृदयबाट भएर सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।






