नख्खु विस्फोटका मृतकको परिवारलाई विप्लवले क्षतिपूर्ति दिने !

ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लिईसकेको छ । कर नतिरेको लगायतका मुद्धामा जनकारवाही भन्दै गरिएको  बम विस्फोटमा परी घाईते भएका लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गयो भने २ जना घाईते भए ।

एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको ,नेपालमा लगानी नगरेर विदेश लगेको, अदालतले गरेको निर्णयहरु पालना भन्दै गरिएको जनकारवाहीमा मानविय क्षती भएकोमा दुख व्यक्त गरिसकेको छ । पार्टीले जनकारवाही गर्ने क्रममा मानवीय क्षति भएको भन्दै माफी पनि मागेको छ ।

जनकारवाही गर्दा मानविय क्षती गराउने कुनै मनसाय नभएको दाबी गर्दे घटनालाई दुखद भने । यता विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीले बीवीसी नेपाली सेवालाई आइतबार दिएको अन्तरवार्तामा मृतकका परिवारलाई आफ्नो तर्फबाट राहत दिने घोषणा गरे । वलीले भने “अब यस्तो, क्रान्तिका दौरानमा सानातिना घटनाहरु हुन्छन् । ‘जुन बटुवा, त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं” ।

बम विस्फोटपछि सर्वसाधारणको ज्यानै गएपछि बिरोध भईरहेको बारेमा भने उनले भने “हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं” ।

सरकारले एनसेल बम विस्फोटको घटनामा केही शंकास्पदलाई प्रक्राउ गरेको छ जसमा एनसेलकै सुरक्षागार्ड समेत रहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले घाईतेहरुको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् भने दोषीलाई कारवाही गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।