सांसदहरूको प्रश्नको जवाफ दिंदै मन्त्री मगर

आज बस्ने प्रतिनिधिसभाको वैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सांसदहरूको प्रश्नको जवाफ दिने भएकी छिन् । 

मन्त्रालय र समसामयिक विषमा सरकारको ध्यानाकर्षण गर्न संसद्ले सुरु गरेको प्रश्नोत्तर सत्रमा खानेपानीमन्त्री मगर उपस्थित हुन लागेकी हुन् । 

मन्त्रालयसँग सम्बन्धित कार्यप्रगतिका बारेमा सांसद्हरूले राखेको प्रश्नको जवाफ मन्त्री मगरले जवाफ दिनेछिन् । प्रतिनिधिसधसभाको वैठक दिउँसो १ बजे बस्दै छ ।

खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा रहेको छ ।

मन्त्री मगरसँग सांसद्हरूले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।